अमेरिकामा नेपाली भौतिकशास्त्रीहरुको चौथो सम्मेलन सम्पन्न

बेनी

साउन ७




अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था एशोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) को चौथो वैज्ञानिक सम्मेलन तथा साधारण सभा सम्पन्न भएको छ ।


नोबेल पुरस्कार विजेता बैज्ञानिक डा. योकिम फ्रान्क को आतिथ्य भएको तीन दिने सम्मेलनमा ११७ वटा वैज्ञानिक अनुसन्धान शोधपत्र प्रस्तुत गरिएको थियो ।


संस्थाका कार्यकारी सदस्य डा. नवीन मालाकारको संयोजकत्वमा भएको सम्मेलनमा नेपाल, अमेरिका, जापान, संयुक्त अधिराज्य (यूके), क्यानाडा र इन्डियाका वैज्ञानिकहरुले शोधपत्र प्रस्तुत गरेका हुन् ।


सम्मेलनमा प्रस्तुत भएका शोधपत्रमध्ये छानिएका शोधपत्रहरु नेपाल भौतिक विज्ञान समाजको विशेष संस्करणमा प्रकाशित गरिने पनि एन्पाले जनाएको छ ।


अनुसन्धानमा सहकार्यको महत्व र नेपालको अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरुको भूमिकाका सम्बन्धमा समेत सम्मेलनमा छलफल भएको थियो ।


सम्मेलनमा फ्र्यङ्क्लिन पेअर्स विश्वविद्यालय, अमेरिकाका प्रोफेसर डा. रुद्र अर्यालको संयोजनमा नेपालमा अनुसन्धान विकासमा नेपाली डायस्पोरा वैज्ञानिकहरूको संलग्नतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सामूहिक छलफलसमेत गरिएको थियो ।


तीन सय जना सहभागी भएको कार्यक्रम कोरोना भाइरसका कारण भर्चुअल रुपमा गरिएको थियो ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes