गम्भीर औषधिको दुरुपयोग बढेपछि चिकित्सक संघको चिन्ता

बेनी

असार १३




पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै नेपाल चिकित्सक संघले चिन्ता व्यक्त गरेको छ । 


शनिबार संघले एक विज्ञप्ति जारी गरी एन्टिमाइक्रोबिएल्स र एन्टिवायोटिक औषधिहरुको बढ्दो दुरुपयोग रोक्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना औषधि प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको हो ।


महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसविना एन्टिवायोटिक्स, स्टेरोइड्स, सेडाटिभ्सलगायतका गम्भीर किसिमका एलोपेथिक औषधिहरुको प्रयोगलाई पूर्ण रुपमा निषेध गर्नका लागि अविलम्ब अनुगमन गरी नियन्त्रणका उपाय अपनाउनुपर्ने।”




चिकित्सक संघले आधुनिक चिकित्साको हवाला दिँदै भित्रिएका तर, वैज्ञानिक रुपमा प्रमाणीकरण नभएका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार रोक्न पनि सरकारसँग माग गरेको छ । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका व्यक्तिले चिकित्सक भनी भ्रामक प्रचार प्रसार गरेको र उपचार प्रक्रियामा पनि समावेश भएको भन्दै उनीहरुमाथि छानबिन गर्न र रोक लगाउन पनि संघले माग गरेको छ ।


यस्ता समस्याको बेलैमा समाधान नहुने हो भने समस्या बढ्दै जाने भन्दै विज्ञप्तिमा यसले समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै गम्भीर असर पार्ने चिन्ता व्यक्त गरिएको छ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes