एमालेको बेनी नगर अध्यक्षमा जिसी

कालञ्जर

कार्तिक १०


नेकपा एमाले, बेनी नगरपािलकाको अध्यक्षमा नारायण जि.सी. छनोट भएका छन् । मङ्गलबारदेखि शुरु भएको एमालेको पहिलो नगर अधिवेशनले जिसीको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी गठन गरेको हो । कमिटीमा ८ जना सल्लाहकारसमेत रहनेछन् ।  


नगर कमिटीको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास विश्वकर्मा तथा उपसचिवमा हिराबहादुर थापा र लक्ष्मण कटुवाल चयन भएको नेकपा एमाले, म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।


“हामीले सहमतिमै नगर कमिटी गठन गरेका छौं,” अध्यक्ष श्रेष्ठले भने, “नगर कमिटीको नेतृत्वका तीनै जना आकांक्षी साथीहरु काविल हुनुहुन्छ । तर पनि नेतृत्व गर्ने त एक जनाले नै हो । यसमा साथीहरुले सहयोग गर्नुभयो । यसबाट सहमतिमै नारायण कमरेड (जिसी) को अध्यक्षतामा नयाँ नगर कमिटी गठन गरेका छौं ।”


बेनी नगर अध्यक्षका आकांक्षीहरु नारायण जिसी र चन्द्रकुमार केसीबीच सहमति जुट्न नसकेपछि अधिवेशनको बन्द सत्रले अध्यक्ष पदमा आकांक्षीलाई मिलाउने जिम्मेवारी जिल्ला इन्चार्ज, अध्यक्षसमेतका पार्टीको जिल्लाको उपल्लो तहका नेतालाई जिम्मा दिएको थियो ।


यो सँगै नेकपा एमालेले म्याग्दीका पाँचओटा स्थानीय तहमा सहमतिमै अध्यक्षसहितको नयाँ कमिटी गठन गर्न सफल भएको छ । 


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes