एमालेको स्थापित विधिअनुसार समाधान समाधान खोज्न ९ स्थायी समिति सदस्यको जोड
बेनी
भदौ ५
नेकपा एमालेको विभाजनमा कतै पनि नलागेका ९ जना स्थायी कमिटी सदस्यले पार्टीको स्थापित विधिअनुसार समस्याको समाधान खोज्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंको बसुन्धारामा बसेको ५७ जना केन्द्रीय सदस्यसमेत सहभागी रहेको बैठकले यस्तो निर्णय लिएको हो ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति र देशको आवश्यकताका कारण पनि एमाले विभाजन उपयुक्त नरहेको उल्लेख गर्दै विज्ञप्तिमा एमालेको स्थापित विधि र अभ्यासअनुसार पार्टीभित्रको समस्याको समाधान खोजिनुपर्ने विचार व्यक्त गरिएको छ ।
विज्ञप्तिमा दुबै पक्षका कार्यदलले तयार गरेको १० बुँदे सहमति पत्र कार्यान्वयन गर्न पनि जोड दिइएको र सरकाररले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको समेत विरोध गरिएको छ ।
यसरी विज्ञप्ति जारी गर्ने स्थायी समिति सदस्यहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।