गण्डकी सरकारका नयाँ मन्त्रीले लिए शपथ
बेनी
साउन ८
गण्डकी प्रदेश सरकारका नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिशमा मुख्यमन्त्रीले शपथ गराएकी हुन् ।
गण्डकी सरकारमा कांग्रेसबाट मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट रामजी बराल अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन् ।
योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बनेका थिए ।

