पछिल्लो २४ घण्टामा ३१ सय संक्रमित थपिए

बेनी

साउन ५




कोरोना भाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ३,१०८ जना कोभिडका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ ओटा परीक्षण गर्दा ती बिरामी थपिएका हुन् । परीक्षण गरिएका नमुनामध्ये ८ हजार ८ सय ३६ पीसीआर र ४ हजार २ सय ९९ एन्टीजेन रहेको पनि मन्त्रालयले जनाएको छ । 


आज थपिएको संक्रमित संख्या पछिल्लो ४० दिन यताकै उच्च हो । आजको संक्रमण दर २३.६६ प्रतिशत पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।


पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । १ हजार ५ सय ९५ जना निको भएका छन् । 


कूल संक्रमित संख्या ६ लाख ७० हजार ९ सय ५३ पुगेको छ । कूल मृत्यु संख्या ९ हजार ६ सय ७ रहेको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes