गुर्जा खोला थुनिएकोले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेनी

साउन ९


फाइल तस्वीर

म्याग्दी नदीको सहायक गुर्जा खोला थुनिएको छ । जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जा र चुरेन हिमालको काखबाट बग्ने सो नदी शुक्रबार साँझ पहिरो गई थुनिएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । 


धवलागिरी गाउँपालिका–१, गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याललाई उद्धृत गर्दै प्रहरीले भनेको छ, “खोला थुनिएको सम्बन्धमा २०७८ साउन ९ गते साँझ जानकारी आएकोले म्याग्दी नदीको तल्लो तटीय क्षेत्रका बस्तीहरुमा स्थानीय नागरिकहरु सचेत र सुरक्षित रहनुहुन अनुरोध गरिन्छ ।”




उता, गुर्जाका वडा अध्यक्ष छन्त्यालका अनुसारा गुर्जानजिकको खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदी थुनिएको र ठुलो तलाउ  बनेको छ । “खेतबारीमा काम गर्न र गोठबाट फर्किएका स्थानीयले दिएको जानकारीअनुसार पहिरो गएर नदी थुनिएको छ,” वडा अध्यक्ष छन्त्यालले भने । गुर्जा र चुरेन हिमालको हिउँ पग्लिएर बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिन्छ । 


खोलो थुनिएको बारेमा थप जानकारी लिने काम भैरहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताएका छन् ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes