म्याग्दीमा असार ३१ सम्म निषेधाज्ञा थपियो

बेनी

असार २३




हिमाली जिल्ला म्याग्दीमा जारी निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थपिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) म्याग्दी तथा जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।




कोरोना भाइरसको नयाँ प्रजाति )भेरियन्ट) फैलिएकोले त्यसको चेन ब्रेकका लागि पनि जारी निषेधाज्ञालाई निरन्तरता दिइएको बैठकपछि जारी सुचनामा उल्लेख छ । 




यसअघिको सुचनामा दिउँसो १ बजेसम्म मात्र बजार खोल्ने व्यवस्था गरिएकोमा पछिल्लो आदेशमा त्यसको समयसीमा बढाएर साँझ ५ बजेसम्म पुगेको छ ।

कारोना भाइरसजन्य महामारीको दोस्रो लहर शुरु भएसँगै म्याग्दीमा गत वैशाख  २२ गतेदेखि निषेधाज्ञा जारी छ ।



Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes