अखिल नेपाल महिला संघको संयोजकमा थममाया थापा छनोट

बेनी

साउन ११



फाइल तस्वीर

नेकपा एमाले निकट अखिल नेपाल महिला संघको पूर्वमन्त्री थममाया थापा मगर चयन भएकी छन् । अनेमसंघको आइतबार सम्पन्न सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।


यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघका सचिव सुजिता शाक्यले जानकारी दिएकी छिन् ।


अनेमसंघको सातौ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने तय भएको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes