एमाले स्थायी कमिटी बैठकमा अदालतको फैसलाबारे छलफल


बेनी

असार २८


फाइल फोटो

नेकपा एमालेको स्थायी कमिटीको अनौपचारिक बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले अदालतको फैसला र त्यसपछिको सम्भावित अवस्थाको बारेमा छलफल गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।


सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गरेको र क्षेत्राधिकार मिचेर फैसला गरेको भन्नेमा बैठक एकमत भएको छ । अदालतको फैसला आपत्तिजनक भए पनि कार्यान्वयन गर्नुपर्ने विषय बैठकमा उठेको एमालेका पार्टी प्रवक्तासमेत रहेका ज्ञवालीले जानकारी दिए । 


अदालतको फैसला कसरी कार्यान्वयन गर्ने भन्नेबार प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्णय गर्ने नेता ज्ञवालीको भनाइ थियो ।


आजको स्थायी कमिटी बैठकमा माधव नेपाल सहभागी भएनन । 


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes