पछिल्लो २४ घण्टामा ३३६५ जना संक्रमित थपिए

बेनी

साउन १४



पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ५ जना र ४ हजार ६८७ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।


यस्तै गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।


देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन्। बिहीबार १ हजार ३७३ संक्रमणमुक्त भएका छन् ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes