कोरोना कहरमा फेरि भुइँचालो !

बेनी

जेठ ५




कोरोना महामारीका कारण घरभित्रै थुनिएका नागरिकलाई तर्साउने गरी आज बिहानै भुइँचालो गएको छ । बिहान ५ बजेर ४२ मिनेटको समयमा जिल्लालाई केन्द्र बनाएर भुइँचालो गएको हो ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।



भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, म्याग्दीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।


कोरोना संक्रमणका कारण अहिले निषेधाज्ञा लगाइएको अवस्था छ । संक्रमण फैलिने डरले घरभित्रै थुनिनुपरेको अवस्थामा गएको भुइँचालोले नागरिकहरु थप अतालिने अवस्था सिर्जना भएको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes