रेडक्रस म्याग्दीका संयोजक बानियाँलाई पुत्रशोक
कालञ्जर
मंसिर १३
बेनी । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका संयोजक अमर बानियाँलाई पुत्रशोक परेको छ । बेनी नगरपालिका–७ हुलाकचोक निवासी बानियाँ नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक सदस्य, मिलन म्याग्दीका संस्थापक सदस्य, धौलागिरी पर्यटन परिषद्का अध्यक्षसमेत रहेका बानियाँका कान्छो छोरा अनिश बानियाँको २९ बर्षको उमेरमै निधन भएको हो ।
म्याग्दी डिजिटल कलर ल्याबका सञ्चालक रहेका मृतक अनिश आइतबार दिनभर विवाह समारोहमा सहभागी भएको र घर फर्किएपछि साँझ एक्कासी शरीर दुख्न थालेको बताएको पारिवारिक सोतले जानकारी दिएको छ । शरीर दुख्ने समस्या देखिएपछि तत्काल बेनी अस्पतालमा पु¥याइएका बानियाँलाई उपचारका क्रममा चिकित्सकले आइतबार राति नै मृत घोषित गरेका थिए ।
मृतक बानियाँलाई नजिकबाट चिन्ने आफन्त, साथीभाइ एवं शुभेच्छुकहरुले उनी मिलनसार, सिर्जनशील सोचका धनी एवं सामाजिक भावना भएका व्यक्तिका रुपमा स्मरण गर्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन । बानियाँको अल्पायुमै भएको निधनबाट म्याग्दीले सम्भावना बोकेका एक युवा गुमाएको छ ।
मृतक बानियाँको सोमबार दिउँसो कालीगण्डकी नदीमा दाहसंस्कार गरिएको छ ।