म्याग्दीका निर्मल पुर्जाको नयाँ डकुमेन्ट्री सार्वजनिक

कालञ्जर

मंसिर १३



बेनी । कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जामाथि बनाइएको डकुमेन्ट्री फिल्म ’फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्समा सार्वजनिक भएको छ । पुर्जाको ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको यात्राको सेरोफेरोलाई फिल्ममा देखाइएको हो । 


विश्वका सर्वोच्च १४ ओटा हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेको कीर्तिमान पुर्जाको नाममा कायम छ । उनले केवल ६ महिनामा सबै हिमाल आरोहण गरेका थिए । त्यसअघि उक्त कीर्तिमान ८ वर्षको थियो । 


२०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण शुरु गरेका पुर्जाले सोही सालको कात्तिकमा चीनको सिसापाङगा हिमाल आरोहणसँगै सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको कीर्तिमान आफ्नो नाममा कैद गराएका थिए । 




सोमबार नेटफ्लिक्समार्फत सार्वजनिक भएको उक्त फिल्म विश्वका १ सय ९१ देशका १८ करोडभन्दा बढी सबस्क्राइबरसम्म पुगेको छ । 


केही दिनअघि राजधानी काठमाडौंमा १४ पिक्सको प्रिमियर भएको थियो । जहाँ नेपालका मन्त्रीदेखि कलाकारसम्मले उक्त फिल्म हेरेका थिए । यो फिल्मले पुर्जा एकजनाको मात्र नभएर नेपालकै नाम विश्वमा चिनाएको सहभागीहरूको भनाइ थियो।


साथै यो फिल्म नेपालको सांस्कृतिक तथा पर्यटन क्षेत्रको विकासका लागि लाभदायी सावित हुने धारणा कार्यक्रमका सहभागीहरुले गरेका थिए ।


पुर्जाको नाममा जाडोयाममा बिनाअक्सिजन ’किलर माउन्टेन’ भनेर चिनिने पाकिस्तानको माउन्ट केटु चढेको विश्व कीर्तिमान समेत रहेको छ । यी बाहेक उनको नाममा आधा दर्जनभन्दा बढी विश्व कीर्तिमान दर्ता छन् । 


बेलायती सेनाबाट अवकाश लिएका ३८ वर्षीय पुर्जाले अबको आफ्नो समय नेपालको पर्यटनको प्रवद्र्धनमा केन्द्रित गर्ने बताएका छन् । 


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जाको सफलताले म्याग्दीबासी नागरिकसमेत खुशी बनेका छन् । 

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes